logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा सूरु भयाे मधेश प्रदेश स्तरीय ´सूर्याेदय स्पिच कम्पिटिशन`काे छायांकन


  • उज्यालो अभियान

हरिवन, माघ ०१ – सूर्याेदय टेलिभिजनकाे आयाेजनामा मधेश प्रदेश स्तरिय प्रथम ´सूर्योदय स्पिच कम्पिटिशन` छायांकन सूरु भएकाे छ ।

टेलिभिजनकाे हरिवन स्थित शाखा कार्यालयमा रहेकाे स्टुडियाेमा गत शनिबारबाट कम्पिटिशनकाे छायांकन भईरहेकाे सूर्याेदय टेलिभिजनका मधेश प्रदेश ब्यूराे प्रमुख रविन घिमिरेले जानकारी दिए । कम्पिटिशनमा मधेश प्रदेश स्थित मावि तहका २०० विद्यार्थीहरुकाे सहभागिता रहेकाे टेलिभिजनले जनाएकाे छ ।

छायांकन बुधबार सम्म चल्ने र त्यस पश्चात टेलिभिजनबाट वक्तृत्वकला प्रतियोगिताको प्रशारण गरिने छ । मावि तहका विद्यार्थीहरुकाे व्यक्तित्व एवं क्षमता विकासमा सहयाेग पुगाेस् भन्ने उद्देश्यले प्रतियाेगिता आयोजना गरिएको प्रतियाेगितामा निर्णायक समेत रहेकी टेलिभिजनकी प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले जानकारी दिईन् । प्रतियाेगिता सञ्चालन भने एलिसा प्रसाईँले गरिरहेकी छिन् । प्रतियाेगितामा अर्का निर्णायक प्रेम सागर घिमिरे रहेका छन् । स्पिच प्रतियोगिता छायांकनका लागि टेलिभिजनका अध्यक्ष मनोज उप्रेती नेतृत्वको टोली अहिले हरिवन आएकाे छ ।

सूर्योदय टेलिभिजनको मुख्य स्टुडियो झापाकाे विर्तामाेडबाट भने विगत चार बर्षदेखि वक्तृत्वकला प्रतियोगिता उत्पादन हुँदै आएको छ । यस बर्षदेखि सूर्योदय टेलिभिजनले मधेस प्रदेशमा पनि उक्त प्रतियोगिता आयोजना गरेको हो । मधेस प्रदेशका लागि कार्यक्रम उत्पादन एवं समाचार प्रशारणकाे छायांकन गर्न सूर्योदय टेलिभिजनले सर्लाहीको हरिवनमा शाखा स्टुडियो निर्माण गरेको हाे ।