logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

राजर्षि जनक कप : आज सुदूरपश्चिम र चर्च ब्वाईज भिड्दै


  • उज्यालो अभियान

कर्मैया – सर्लाहीको बागमतीमा जारी साताैं राजर्षि जनक कप फुटबल प्रतियाेगिता अन्तर्गत आज (साेमबार) सुदुरपश्चिम-११ धनगढी र चर्च ब्वाईज युनाईटेड ललितपुर बीच दाेस्राे क्वाटरफाईनल खेल हुँदैछ ।

बागमतीस्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा हुने खेल ठिक ३ बजे सूरु हुने म्याच कमिस्नर सागर मैनालीले जानकारी दिए । गत विहिबार पाहुना टाेली भारतकाे युनाईटेड खर्साङ फूटबल क्लबलाई हराउँदै क्वाटरफाईनल यात्रा तय गरेकाे सुदूरपश्चिम र साेझै बाई पाएकाे चर्च ब्वाईज बीचकाे खेल प्रतिष्पर्धात्मक हुने आयाेजक बागमती क्लबका सचिब कुमार प्रधानले बताए ।

मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितामा आयाेजक बागमती युवा क्लब सहित १२ वटा टिमले भाग लिएका छन् । जसमध्ये एपीएफ क्लब, युनाईटेड खर्साङ फूटबल क्लब दार्जिलिङ, साविक विजेता पिप्ले युवा क्लब हेटाैंडा, नेपाल पुलिस क्लब र धरान फूटबल क्लब प्रतियाेगिताबाट बाहिरिसकेका छन् ।

प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ । बागमती युवा क्लब र बागमती नगरपालिकाकाे संयुक्त आयाेजना रहेकाे प्रतियाेगिताकाे फाईनल खेल भने फागुन ७ गते हुनेछ ।