logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

४ वटा बर्थिङ सेन्टरलाई ५ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण


  • उज्यालो अभियान

बयलवास, – सर्लाहीको ईश्वरपुर नगरपालिकाका ४ वटा स्वास्थ्य चौकीमा रहेका बर्थिङ सेन्टरलाई ५ लाख बढीको स्वास्थ्य सामग्र्री प्रदान गरिएको छ ।

ग्रामीण नारी उत्थान संघ र सेभ द चिडे«नद्वारा संचालित समुन्नति परियोजना अन्तर्गत ४ वटा बर्थिङ सेन्टरलाई ५ लाख ८ हजार ९१६ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको हो । ईश्वरपुर नगरपालिकाको वडा नं. ३ भक्तिपुर, वडा नं. ४ सागरनाथ, वडा नं. ६ ईश्वरपुर र वडा नं. १४ गौरीशंकरमा रहेको बर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।

केहि दिनपछि वडा नं. १२ कालिन्जोरमा रहेको बर्थिङ सेन्टरलाई पनि स्वास्थ्य सामग्री प्रदान गरिने बुझिएको छ । यसैबीच, शुक्रबार ईश्वरपुरको वडा नं. १, २ र ३ मा ११५ जना गर्भवती महिलालाई पौष्टिक आहारसँगै साबुन, काइँयो, मन्जन, ब्रसलगायत सामग्री रहेको हाइजेनिक किट प्रदान गरिएको संस्थाकी फिल्ड अफिसर ममता मुर्मुले जानकारी दिईन ।

मेयर मनोजकुमार आचार्य, ग्रामीण नारी उत्थान संघकी अध्यक्ष गोमादेवी न्यौपानेलगायत भएर पौष्टिक आहार र हाइजेनिक किट वितरण गरेका हुन् ।

स्वास्थ्य संस्थालाई प्रदान गरिएको उपकरण । (तस्बीर : उज्यालो अभियान)