logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अफ्ठ्यारो पर्दा सधै अरुको मुख ताक्ने मुसहर महिलाहरु दिल खोलेर सहयोग गर्दै


  • उज्यालो अभियान

हरिपुर – अत्याधिक जाडो बडेपछि तराईका जिल्लाहरुमा सितलहरले यहाको जनजिवन नराम्रो संग प्रभावीत पारेको छ ।

अझ माझी मुसहर लगाएतका दलित बस्तिका झुपडिमा सित लहरको कारण बिगत १ महिनामा हरिपुरको असन्वा र पिडारी लगाएतका स्थानहरुमा ४ जनाले ज्यान समेत गुमाइ सकेका छन । खरले छाएको झुपडिमा बस्ने वृद्धवृद्धाहरु, सुत्केरी महिला तथा शिशुहरु झन चिसोबाट प्रभावित हुदै आएका छन ।

हरिपुर नगरपालिकामा जाडो तथा सितलहर अति प्रभावित २ जना मुसहर समुदायका सुत्केरी महिलाहरु र शिशुलाई मुसहर महिला सशक्तिकरण मञ्च हरिपुरले न्यानो कपडा सहयोग गरेका छन । हरिपुर ८ बस्ने सरिता माझी र हरिपुर ५ मर्जुवा बस्ने बशन्ति माझी लाई समुहका दिदि बहिनिहरुले २०७९ माध ३ गते दस हजार रुपैयाँको सिरक, म्याटे«स,न्यानो चपल र वच्चलाई न्यानो लुगासेट सहयोग गरेका थिए ।

संस्थाले कार्यक्रम संचालनका लागी मुसहर महिला सशक्तिकरण मन्चलाई दिएको रकम जोगाएर समाजमा समस्यामा परेको दिदि बहीनीहरुलाई सहयोग गर्दै आएको मुसहर अगुवा सन्तरा पासवानले बताईन् । समुहमा बसेर लिन मात्र हैन लिन पनि सिकाएको बताईन् ।

साउथ एसिया पाटर्नरशिप नेपाल द्धारा हरिपुर नगरपालिकामा केहि महिना अगाडी लैङ्गिक रुपान्तरणका लागि सामाजिक मूल्य मान्यता तथा व्यवहार परिवर्तन तालिम संचालन गरेपछि मुसहर महिलाहरुमा सकारात्मक परिबर्तन भएको हो । मुसहर महिला सशक्तिकरण मन्चका सदस्यहरुको पारिवारीक सदस्यहरुलाई एकै ठाउमा राखेर ५० परिवारका २५० जना सदस्यहरुः सासू, ससुरा, बुहारी र छोराहरुलाई तालिम दिइएको थियो ।

तालिम पछि सहभागीहरुले जाँड रक्सी नखाने, घर परिवारमा सबै मिलेर घरको काम गर्ने, बाल विवाह नगर्ने, परिवारमा सहभागितात्मक निणय गर्ने, बाल बालिकाहरुको जन्म दर्ता गराएर बिद्यालय भर्ना गर्ने, समुहमा बचत गरेर आयआर्जन गर्ने प्रतिवद्धता गरेका थिए ।

आफुले गरेको प्रतिवद्धतालाई पुरा गर्दै आएको बताउनु हुन्छ मुसहर महिला सशक्तिकरण मन्चका अध्यक्ष लक्ष्मि पासवान । अहिले समुदाएका केही महिला तथा पुरुषहरुले जाड रक्सी खान छोडेका छन ।
पहिले पहिले बाल विवाह हुदा वास्ता नगर्ने महिलाहरु अहिले प्रहरिको सहयोग लिएर समुदाएमा बाल विवाह रोकेको, सयौ बाल बालिकाको जन्म दर्ता गराएर बिद्यालय भर्ना गरेको,सामुहिक तरकारी खेती गर्दै आएको मुसहर समुदायका लागी कार्यरत संस्था साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए ।