हरिवन – सर्लाहीमा पनि बुधबार ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ सर्लाहीको आयोजनामा हरिवनस्थित कृष्ण मन्दिरको सरसफाई गरी र्याली निकालेर दिवस मनाइएको हो । त्यस्तै, सैनिक संघको क्षेत्रीय कार्यालय बागमती नगरपालिका ५ राजघाट खाल्टेमा पनि पृथ्वीनारायण साहको तस्बिरमा माल्र्यापण गरी ३०१ औँ पृथ्वी जयन्ती मनाइएको छ । त्यस्तै राप्रपा हरिपुरले पनि कार्यक्रम गरि दिवस मनाएकाे छ ।
बुधबार नै ईश्वरपुर नगरपालिका १३ र १४ महारानी बजारमा पृथ्वीनारायण साहको तस्बिरमा माल्र्यापण गरी पृथ्वी जयन्ति मनाइएको छ ।