logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हरिवन सिटी जेसिजको नयाँ नेतृत्व चयन, अध्यक्षमा चौधरी


  • उज्यालो अभियान

हरिवन – हरिवन सिटी जेसिज २०२३ को अध्यक्षमा राजेशप्रसाद चौधरी चयन भएका छन् ।

जेसिजको शाखाले मान्यता पाएपछि बुधबार भएको पहिलो साधारण सभाबाट चौधरीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । समितिको कार्यकारी उपाध्यक्षमा रामप्रवेश दास र श्रवण भट्टराई, उपाध्यक्षमा किरण कुमार थिङ, समुन्द्र देव खत्री, सन्दिप लामा र अर्जुन कुमार साह चयन भएका छन् ।

महासचिव, कोषाध्यक्ष र अन्य सदस्यहरु पछि मनोनित गरिने छ । हरिवन सिटी जेसिजका अध्यक्ष विनोद महतको अध्यक्षतामा आयोजित साधारण सभामा कांग्रेस सर्लाहीका सचिव निरोज कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभाबाट जेसिजको नयाँ नेतृत्व छान्न राष्ट्रिय उपाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा लक्ष्मी दास, रमेश शर्मा र मनिष घिमिरे सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।