logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

कुखुरा बोकेको पिकअपको ठक्करबाट साईकल यात्रीको मृुत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिपुर – ब्रोइलर कुखुरा बोकेको पिकअपको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

मलंगवाबाट नवलपुरतर्फ आईरहेको प्रदेश २–०३–००१ च २३९६ नम्बरको बलेरो पिकअपले हरिपुर नगरपालिका–८ जगतपुर स्थित नवलपुर–मंलगवा सडकखण्डमा हिँडिरहेका साईकल यात्री हरिपुर नगरपालिका–२ निवासी ३५ वर्षीय चक्रेश्वर चौधरीलाई पछाडीबाट ठक्कर दिएको हो । शुक्रबार राती ८ बजे बलेरोबाट ठक्करबाट गम्भिर घाईते चौधरीको प्रादेशिक अस्पताल मलंगवामा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि वीरगंजतर्फ लैजाने क्रममा शनिबार बिहान सबा १२ बजे बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । मृतक चौधरीको शव हाल सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

ठक्कर दिएर फरार गाडी र चालकलाई राती नै लालबन्दी नगरपालिका–१७ रानीगंज स्थित भित्री सडकखण्डबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।