logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही ट्रक व्यवसायी संघको अध्यक्षमा फेरि दवाडी निर्वाचित


  • उज्यालो अभियान

हरिवन – सर्लाही ट्रक व्यवसायी संघको अध्यक्षमा पुनः रामबहादुर दवाडी निर्वाचित भएका छन् ।

शनिबार भएको संघको सातौं वार्षिक साधारण सभा एवं चौँथो अधिवेशन अन्तर्गत भएको निर्वाचनमा अध्यक्षका अर्का उमेदवार कुमार प्रधानलाई १२ मतले पराजित गर्दै दवाडी अर्को कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । दवाडीले ४८ मत प्राप्त गर्दा प्रधानले ३६ मत मात्रै प्राप्त गरे ।

त्यस्तै संघको बरिष्ठ उपाध्यक्षमा रामकुमार खड्का विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी दामोदर वस्नेतलाई पराजित गर्दै खड्का वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । खड्काले ४५ मत पाए भने बस्नेतले ३७ मत प्राप्त गरे ।

त्यसैगरी पहिलो उपाध्यक्षमा ४७ मत ल्याएर अनिल कुमार अमात्य, दोश्रो उपाध्यक्षमा ४८ मतका साथ काली प्रसाद सापकोटा र सचिवमा ४२ मत ल्याएर हरिचन्द्र दास विजयी भएका छन् ।

त्यस्तै सहसचिवमा रोशन भट्टराई ४८ मतसहित विजयी हुँदा कोषाध्यक्षमा बालकुमार पोते निर्विरोध निर्वाचित भएका छन् । संघका सदस्यहरुमा दहाल प्रसाद मैनाली, सूर्य प्रसाद दाहाल, लालदेव दास, नारायण प्रसाद सापकोटा, जयमान पाख्रिन, नवराज भट्टराई र विष्णु बहादुर दर्लामी विजयी भएका छन् ।

विजयी मध्ये १२ जना दवाडी प्यानलबाट रहेका छन् भने प्रधान प्यानलबाट एक जना मात्रै सदस्य छन् ।