logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीको मतपेटिकामा फेला पर्यो ‘सत्तो र सराप’ गरेको एकपाने कागज (हेर्नोस्)


  • उज्यालो अभियान

सर्लाही क्षेत्र नम्बर ३ को मतगणना सम्पन्न भएपछि निर्वाचन अधिकृतको कार्यालय हरिवनमा राखिएका खाली मतपेटिका । (तस्बिर : उज्यालो अभियान)

हरिवन – प्रतिनिधि एवं प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत गत मंसिर ४ गते भएको मतदानका दिन एक मतदाताले भने निर्वाचन आयोगसँग अपिल भन्दै सुकुम्बासी, वन अतिक्रमण, राजनैतिक दलका नेताप्रतिको वितृष्णा, ‘नेता भगाउ : राजा ल्याउ देश बचाउ’ जस्ता शब्दहरु कोरेर मतपेटिकामा खसालेका छन् ।

१ पेजमा दुवैतर्फ उक्त गुनासोहरु लेखिएको एकपाने कागज सर्लाही प्रतिनिधि सभा क्षेत्र नं. ३ को बागमती नगरपालिका अन्तर्गत प्रतिनिधि सभातर्फको समानुपातिक मतपेटिकामा फेला परेको हो । ३ नम्बर क्षेत्रका निर्वाचन अधिकृत वशिष्ट घिमिरेले एउटा मतपेटिकाबाट उक्त गुनासोहरु लेखिएको कागज फेला परेको जानकारी दिए । ‘एकजना मतदाताले मत सँगसँगै उक्त कागज पनि मतपेटिकामा खसालेका रहेछन् ।’ निर्वाचन अधिकृत घिमिरेले भने । (हेर्नोस गुनासो लेखिएको कागज)