logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

सर्लाहीमा सबैभन्दा ठूलो दल बन्यो कांग्रेस : कलम भन्दा हरन र घण्टीलाई बढी मत


  • उज्यालो अभियान

टंक बहादुर क्षेत्री/मलंगवा – प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार सर्लाहीमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । उसले ४८ हजार ३३७ मत ल्याएको हो ।

कांग्रेसले सबैभन्दा बढी क्षेत्र नम्बर ४ मा १६ हजार २९, २ बाट १४ हजार ९९३, ३ मा ९ हजार ९७९ र १ बाट ७ हजार ३३६ मत पाएको छ । ४ नम्बर बाहेक अन्य ३ वटा क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेद्वार नै थिएनन् ।

त्यस्तै ४५ हजार ६२६ मतका साथ नेकपा माओवादी केन्द्र÷नेपाल समाजवादी पार्टी दोस्रो ठूलो दल बनेको छ । माओवादीले सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा १५ हजार ४७१, २ बाट १० हजार ८५९, ४ मा ९ हजार ७९० र क्षेत्र नम्बर १ बाट ९ हजार ५०६ मत हाँसिल गरेको छ ।

त्यसैगरी नेकपा एमालेले ३८ हजार ३१३ मत सहित आफूलाई तेस्रो शक्तिको रुपमा उभ्याएको छ । उसलाई सबैभन्दा बढी क्षेत्र नम्बर ३ बाट १५ हजार ६, ४ मा ९ हजार ४७१, १ बाट ७ हजार ९०२ र क्षेत्र नम्बर २ बाट ५ हजार ९३४ जनाले मत दिएका छन् ।

त्यस्तै ३७ हजार ९११ मत सहित नयाँ शक्तिको रुपमा जनमत पार्टी चौथो स्थानमा आईपुगेको छ । उसले सबैभन्दा बढी क्षेत्र नम्बर ४ बाट १२ हजार ५९५, २ मा १२ हजार ३३७, ३ बाट ६ हजार ९३१ र क्षेत्र नम्बर १ बाट ६ हजार ४८ मत पाएको छ ।

त्यसैगरी जनता समाजवादी पार्टीले ३० हजार ३३५ मत ल्याएको छ । पाँचौ ठूलो दल बनेको जसपाले सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा १२ हजार ७९, २ बाट ७ हजार ५३३, १ मा ५ हजार ५७१ र क्षेत्र नम्बर ४ बाट ५ हजार १५२ मत प्राप्त गरेको छ ।

त्यस्तै २३ हजार ६५८ मत प्राप्त गर्दै लोकतान्त्रिक समाजवादी पार्टी छैठौं स्थानमा पुगेको छ । उसले सबैभन्दा बढी क्षेत्र नम्बर २ मा ११ हजार ४३, १ बाट ८ हजार ६२९, ४ मा ३ हजार ६७३ र क्षेत्र नम्बर ३ बाट त ३१३ मत मात्रै पाएको छ ।

त्यसैगरी नयाँ शक्तिको रुपमा राष्ट्रव्यापी चर्चा कमाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सर्लाहीबाट १५ हजार ८९८ मत प्राप्त गर्यो । उसले सबैभन्दा बढी क्षेत्र नम्बर ३ बाट ६ हजार ९६२, १ मा ६ हजार ६८०, ४ बाट १ हजार १९९ र क्षेत्र नम्बर २ मा १ हजार ५७ मत ल्याएको छ ।

त्यस्तै ९ हजार ८२३ मत सहित नेकपा एकीकृत समाजवादी पार्टी सातौं स्थानमा आठौं स्थानमा खुम्चिएको छ । उसले सबैभन्दा बढी क्षेत्र नम्बर १ मा ५ हजार ५१, ३ बाट २ हजार ६५५, ४ मा १ हजार ४७९ र क्षेत्र नम्बर २ बाट ६३८ मत प्राप्त गर्यो ।

त्यसैगरी बहुजन एकता पार्टीले ९ हजार ५६०, राप्रपाले ७ हजार ७४७, नेपाल संघीय समाजवादी पार्टीले ५ हजार ६७५ र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले ४ हजार ६१८ मत हाँसिल गरेका छन् ।

सर्लाहीमा कुल ४ लाख ७९ हजार ३८ मतदाता मध्ये प्रतिनिधि सभाको समानुपातिकतर्फ ३ लाख ३ हजार ६६२ मत खसेको छ । जसमध्ये १२ हजार ६३४ मत अर्थात ४.१६ प्रतिशत मत बदर भएको छ ।