logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

महिन्द्र राय यादव जीतकाे नजिक, मतगणना स्थल बाहिर विजयाेत्सव सूरु


  • उज्यालो अभियान

मतगणना स्थल बाहिर टेण्ट लगाएर बनाईएकाे आफ्नाे क्याम्पमा नेता महिन्द्र राय यादवसँग सेल्फि लिँदै कार्यकर्ताहरु । (तस्बिर : उज्यालाे अभियान)

यादवले २२ हजार ६३१ मत ल्याउँदै निकतम प्रतिद्वन्द्वी महताेभन्दा दुईहजार ४६६ मतले अग्रता लिएका छन् । खसेकाे ७४ हजार ७५५ मतमा ७१ हजार १४७ मत गणना हुँदाकाे परिणाम हाे याे । अब गणना हुन तीनहजार ६०८ मत मात्र बाँकी रहेकाले यादवकाे अवस्था विजयाेन्मुख देखिएकाे छ । महताेले जीत निकाल्न भने गणना हुन बाँकी मतमा अकल्पनीय ढंगकाे परिणाम अर्थात यादवलाई एकहजार १४२ मतमै राेक्नु पर्ने हुन्छ

मतगणना स्थल बाहिर टेण्ट लगाएर बनाईएकाे आफ्नाे क्याम्पमा कार्यकर्ताद्वारा घेरिएका नेता महिन्द्र राय यादव । (तस्बिर : उज्यालाे अभियान)

टंक बहादुर क्षेत्री/मलंगवा- प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत मुलुकमै चासाेका साथ हेरिएका क्षेत्रहरु मध्य सर्लाही क्षेत्र नम्बर २ काे मतगणना अन्तिम चरणमा पुगेकाे छ ।

लाेकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महताे र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव जस्ता चर्चित मधेशवादी नेताहरु एकअर्का विरुद्द चुनावी मैदानमा भएकाले पनि याे क्षेत्रकाे मतपरिणाममा अधिकांशकाे ध्यान खिचेकाे छ । पछिल्लाे मतपरिणाम अनुसार नेकपा माओवादीकाे हँसिया हताैडा चुनाव चिन्हमा उठेका यादव जीतकाे नजिक पुगेका छन् ।

यादवले २२ हजार ६३१ मत ल्याउँदै निकतम प्रतिद्वन्द्वी महताेभन्दा दुईहजार ४६६ मतले अग्रता लिएका छन् । खसेकाे ७४ हजार ७५५ मतमा ७१ हजार १४७ मत गणना हुँदाकाे परिणाम हाे याे । अब गणना हुन तीनहजार ६०८ मत मात्र बाँकी रहेकाले यादवकाे अवस्था विजयाेन्मुख देखिएकाे छ । महताेले जीत निकाल्न भने गणना हुन बाँकी मतमा अकल्पनीय ढंगकाे परिणाम अर्थात यादवलाई एकहजार १४२ मतमै राेक्नु पर्ने हुन्छ । गणनाका क्रममा यसअघि दुवैजनाले पाएकाे मत ´रेसियाे` हेर्ने हाे महताेकाे पक्षमा परिणाम उल्टिन असम्भव प्राय देखिन्छ ।

यादवकाे जीत सुनिश्चित भएकाे भन्दै उनका समर्थक नेता कार्यकर्ताहरु मतगणना स्थल सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिकाे तीनबिगे मैदानमा उल्लेख्य रुपमा जम्मा भएर नाराबाजी सहित विजयाेत्सव मनाउन सूरु गरिसकेका छन् । कार्यकर्ताहरुले मतगणना स्थल बाहिर रहेका यादवलाई बधाई दिँदै फूलमाला र खादा पहिर्याईसकेका छन् भने उनिसँग सेल्फि खिच्न कार्यकर्ताहरुकाे तछाँडमछाँड सूरु भईसकेकाे छ ।

उनीहरु दुईजना धेरै पटक एउटै पार्टीमा सहयात्री भएर काम गर्ने अनि अनेकौं पटक फुट्ने मात्र हैन, एक आपसमा लड्ने (निर्वाचन) समेत गरेका छन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पनि करिब-करिब सोही स्थानहरु पर्ने तत्कालिन ४ नम्बर क्षेत्रमा भएकाे दुईजना बीचकाे चुनावी भिडन्तमा यादवले बाजि मारेका थिए ।

२०७४ मा पनि यादव सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । महतोले २०७४ सालमा भने नेकपा एमालेकाे सहयाेगमा धनुषा ३ बाट निर्वाचित हुँदा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीलाई पराजित गर्न सफल भएका थिए । यसपटक धनुषा ३ मा नेकपा एमाले नेतृ जुली महतो आफै उम्मेद्वार बन्ने भएपछि महतो आफ्नो पुरानै मैदानमा यादवसँग पुनः भिड्न आमनेसामने भएका हुन् । पुरानाे हारकाे बदला लिने अठाेटका साथ पुनः यादवसँग भिड्न आएका महताे यसपटक पनि पछाडी पर्ने र यादवले दाेस्राे जीत दर्ज गर्ने अवस्था देखिएकाे छ । तथापी नतिजा नै थाहा पाउन त अन्तिम मतपरिणाम कुर्नै पर्ने हुन्छ ।