मलंगवा – सर्लाहीकाे क्षेत्र नम्बर २ क प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेद्वार जंगिलाल राय निर्वाचित भएका छन् ।
पार्टी नेतृत्वकाे निरन्तर असहयाेगका बाबजुद ८ हजार २९० मत सहित रायले ´जबर्जस्त` जीत निकालेका हुन् । सत्ता गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रका उम्मेद्वार सुनिल कुमार साहले ७ हजार २१४ मत ल्याए । राय लाेसपा वरिष्ठ नेता राजेन्द्र महताेकाे प्यानलमा थिए भने साह नेसपा अध्यक्ष महिन्द्र कुमार रायकाे प्यानलमा रहेका थिए । रायलाई कांग्रेसले कार्बाही समेत गरेकाे थियाे ।
याे सहित सर्लाहीमा ७ जना प्रदेश सभा सदस्यकाे अन्तिम मत परिणाम सार्वजनिक भएकाे छ । यसअघि सर्लाही ३ क मा जेब्रा चुनाव चिन्हका स्वतन्त्र उम्मेद्वार जवाहरलाल कुशवाहा, १ काे ख मा नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र क मा लाेकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महताे विजयी भएका छन् भने ३ ख मा जसपाका संजय कुमार यादव र ४ क मा कांग्रेसका वीरेन्द्र प्रसाद सिंह एवं ख मा माओवादीका फकिरा महताे विजयी भईसकेका छन् ।