logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही ३ मा एमालेका उप्रेतीकाे जीत


  • उज्यालो अभियान

हरिवन – सर्लाही ३ काे प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका हरि प्रसाद उप्रेती ७७० मतले विजयी भएका छन् ।

३२ हजार ९३८ मत सहित संविधान सभा सदस्य समेत रहेका उप्रेती विजयी भए । निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रका नरेन्द्र साहले ३२ हजार १६८ मत ल्याएका छन् । मतगणनाका क्रममा उप्रेती र साह बीच पटक-पटक लुकामारी चलेकाे थियाे । कहिले उप्रेतीले अग्रता लिन्थे भने कहिले साहले अग्रता लिन्थे । अन्तिम मतपरिणाममा अन्तत: उप्रेतीले ७७० मतले साहलाई पछाडी पारेरै छाडे ।

२०७४ सालकाे निर्वाचनमा गुलावकाे फुल छाप लिएर स्वतन्त्र उम्मेद्वारी दिएका साहले १२ हजार ८६ मत हाँसिल गरेका थिए । यसपटक भने माओवादीबाट टिकट लिएर उम्मेद्वारी दिएका साह हार्नुमा बागमती नगरपालिकाका मेयर भरत कुमार थापा र हरिवन नगरपालिकाका मेयर रमेश बुढाथाेकी (कमल) ले सत्ता गठबन्धन ताेड्दै ३ क का स्वतन्त्र उम्मेद्वार जवाहरलाल कुशवाहालाई बाेक्दा माओवादीकै अधिकांश नेता कार्यकर्ता तथा कांग्रेस र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता बिच्किएकाे जानकारहरु बताउँछन् ।