लालबन्दी – सर्लाहीकाे क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धन अन्तर्गत लाेकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चाैधरी विजयी भएका छन् ।
२४ हजार ८३८ मत सहित पूर्व प्रहरी निरिक्षक समेत रहेका चाैधरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ´बागी` स्वतन्त्र उम्मेद्वार मान बहादुर खड्काले १८ हजार ४०४ मत प्राप्त गरेका छन् । विपक्षी गठबन्धन अन्तर्गत जसपाका प्रमाेद साहले १४ हजार २५५ मत पाएका छन् ।
सर्लाहीमा ४ वटा प्रतिनिधि सभा सदस्यतर्फ याे नै पहिलाे अन्तिम मत परिणाम घाेषणा आएकाे हाे । प्रदेशतर्फ भने सर्लाहीमा ५ जना प्रदेश सभा सदस्यकाे अन्तिम मत परिणाम सार्वजनिक भएकाे छ । सर्लाही १ काे ख मा नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र क मा लाेकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महताे विजयी भएका छन् भने ३ ख मा जसपाका संजय कुमार यादव तथा ४ क मा कांग्रेसका वीरेन्द्र प्रसाद सिंह र ख मा माओवादी केन्द्रका फकिरा महताे विजयी भईसकेका छन् ।