logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही ४ क बाट कांग्रेसका वीरेन्द्र प्रसाद सिंह विजयी


  • उज्यालो अभियान

प्रदेश सभा सांसद् वीरेन्द्रप्रसाद सिंह ।

गाेडैता – सर्लाहीकाे क्षेत्र नम्बर ४ क प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका वीरेन्द्र प्रसाद सिंह पुन: निर्वाचित भएका छन् ।

यसै प्रदेश सभाबाट निवर्तमान प्रदेश सांसद् समेत रहेका सिंहले १५ हजार ६९३ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबाबु यादवले १४ हजार ६१६ मत ल्याएका छन् । कांग्रेस मधेश प्रदेश उपसभापती एवं मधेश प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका सिंह कांग्रेस सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंहका सहाेदर भाइ हुन् ।

याे सहित सर्लाहीमा ४ जना प्रदेश सभा सदस्यकाे अन्तिम मत परिणाम सार्वजनिक भएकाे छ । यसअघि सर्लाही १ काे ख मा नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र क मा लाेकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महताे तथा ३ ख मा जसपाका संजय कुमार यादव विजयी भईसकेका छन् ।