logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जसपाका संजय यादव सर्लाही ३ ख बाट पुन: विजयी


  • उज्यालो अभियान

सर्लाही ३ ख प्रदेश सभा सदस्यमा निर्वाचित संजय यादव ।

हरिवन – सर्लाहीकाे क्षेत्र नम्बर ३ ख प्रदेश सभाबाट प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टीका संजय यादव पुनः निर्वाचित भएका छन् ।

यसै प्रदेश सभाबाट निवर्तमान प्रदेश सांसद् समेत रहेका यादवले १३ हजार १९० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार लालटेन छापका सराेज कुमार रायले ८ हजार ३४८ मत मात्र पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका हरेस प्रसाद महताेकाे ८ हजार ३५ मत रहेकाे छ ।

याे सहित सर्लाहीमा ३ जना प्रदेश सभा सदस्यकाे अन्तिम मत परिणाम सार्वजनिक भएकाे छ । यसअघि सर्लाही १ काे ख मा नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र क मा लाेकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महताे विजयी भईसकेका छन् ।