logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही १ काे क प्रदेशमा उपेन्द्र महताे पुनः विजयी


  • उज्यालो अभियान

लालबन्दी – सर्लाही १ काे प्रदेश सभा क मा लाेकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महताे विजयी भएका छन् ।

१२ हजार २६५ मत सहित महताे विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामचन्द्र सिंह कुशवाहाले १० हजार १३७ मत प्राप्त गरे । जसपाका अहमद मिया मुकेरीले भने ४ हजार ३१ मत पाएका छन् । ५८ हजार ४४८ मतदाता रहेकाे उक्त क्षेत्रमा ३७ हजार ६८९ मत खसेकाे थियाे ।

साेही प्रदेश सभाका निवर्तमान प्रदेश सभा सदस्य समेत रहेका महताे लाेसपाका वरिष्ठ नेता राजेन्द्र महताेका भतिजा एवं चन्द्रनगर गाउँपालिकाका निवर्तमान अध्यक्ष महेन्द्र महताेका छाेरा हुन् । सम्भवत: महताेले प्रदेश सदस्यमा निर्वाचित हुँदै लाेसपाकाे खाता खाेलेका हुन सक्छन् ।