
लालबन्दी बजारमा गठबन्धनले निकालेकाे विजयी र्यालीमा निर्वाचित बेची लुंगेली सहित नेता कार्कर्ताहरु ।
लालबन्दी – सर्लाही १ को प्रदेश सभा ख मा नेकपा एकीकृत समाजवादी नेतृ बेची लुंगेली विजयी भएकी छिन् ।
१३ हजार ६७७ मत सहित जीत निकालेर लुंगेलीले नेकपा एकीकृत समाजवादीकाे तर्फबाट प्रदेश सभातर्फ मुलुकमै पहिलाे खाता समेत खाेलेकी छिन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामाले ६ हजार ९७८ मतमै सिमित भईन् । ३८ हजार २७२ मत खसेको थियो ।
गठवन्धन् अन्तर्गत नेकपा माओवादी केन्द्रका बागी राजन श्रेष्ठले ५ हजार ९४५ मत ल्याउँदा समेत लुंगेलीले निकटतम प्रतिद्वन्द्वी एमालेकी लामा भन्दा झण्डै दाेब्बर बढी मत सहित जीत निकालिन् । सोही प्रदेश सभाकी निवर्तमान प्रदेश सभा सदस्य समेत रहेकी लुंगेली सँगै एमालेबाट लालबन्दी नगरपालिकाकी निवर्तमान उपमेयर लामा र लालबन्दी वडा नं. ८ का निवर्तमान वडाध्यक्ष श्रेष्ठ सहित ११ जना उम्मेदवार मैदानमा थिए ।