logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

एकीकृत समाजवादी नेतृ बेची लुंगेलीको जीत सुनिश्चित


  • उज्यालो अभियान

लालबन्दी – सर्लाही १ को प्रदेश सभा ख मा नेकपा एकीकृत समाजवादी नेतृ बेची लुंगेलीको जीत सुनिश्चित भएको छ ।

३४ हजार ८६६ मतगणना हुँदा लुंगेलीले १२ हजार ६८९ मत प्राप्त गरेकी छिन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामाले ६ हजार ३९४ मत मात्र पाएकी छिन् । त्यहाँ ३८ हजार २७२ मत खसेको थियो । ३ हजार ४०६ मत मात्र गणना हुन बाँकी छँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी लामा भन्दा ६ हजार २९५ मतले अग्रता रहेपछि लुंगेलीको जीत सुनिश्चित भएको हो । त्यहाँ नेकपा माओवादी केन्द्रबाट बागी उम्मेद्वारी दिएका राजन श्रेष्ठले अहिलेसम्म ५ हजार ४७ मत प्राप्त गरेका छन् ।

अब औपचारिक रुपमा मतगणना सम्पन्न भएपछि लुंगेलीलाई जीतको घोषणा गर्न मात्र बाँकी रहेको छ । सोही प्रदेश सभाकी निवर्तमान प्रदेश सभा सदस्य रहेकी लुंगेली सँगै एमालेबाट लालबन्दी नगरपालिकाकी निवर्तमान उपमेयर लामा र लालबन्दी वडा नं. ८ का निवर्तमान वडाध्यक्ष श्रेष्ठ सहित ११ जना उम्मेदवार मैदानमा थिए ।