logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाही कांग्रेसले क्षेत्र नम्बर ४ का २३ जना नेतालाई स्पष्टिकरण साेध्याे


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीको क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका २३ जना नेतासँग जिल्ला अनुशासन समितिले स्पष्टिकरण मागेको छ ।

जिल्ला उपसभापति एवं जिल्ला अनुशासन समितिका संयोजक डा. सरोज कुमारले पत्र काट्दै १९ जना नेतालाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएका छन् । पत्रमा ती २३ जना नेताले आधिकारिक उम्मेदवारविरुद्ध विपक्षीलाई सहयोग हुने गरी कार्य गरेको आरोप लगाइएको छ । स्पष्टीकरण सोधिएका नेतामा बलरा नगरपालिका–९, का रविनन्दन चौधरी, बलरा २ का क्षेत्रीय प्रतिनिधि कांशिकान्त सिंह, बलरा ७ का वडाध्यक्ष प्रवीणकुमार सिंह, रोहुवाका वडा सभापति उदय झा लगायत छन् ।

स्रोतका अनुसार उनिहरु नेपाली कांग्रेसका बागी उम्मेदवार डा. अमरेशकुमार सिंहको पक्षमा खुलेका छन् । क्षेत्र नं. ४ मा कांग्रेसले पूर्व जिल्ला सभापति नागेन्द्र कुमार रायलाई टिकट दिइ चुनावी मैदानमा उतारेको छ । निवर्तमान संघिय सांसद सिंह बागी उम्मेदवारी दिँदै स्वतन्त्रबाट प्रतिस्पर्धामा छन् ।

सर्लाहीको ४ नं. क्षेत्रमा कांग्रेस भित्र नै एक गुटले अर्को गुटलाई सिध्याउने गरी लागि परिरहेको छ । अहिले स्पष्टिकरण सोधिएका १९ जना नेता संस्थापन इतर पक्षका हुन् । सो क्षेत्रमा संस्थापन पक्षका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह र उनका सहोदर भाई मधेश प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंह शेखर कोइराला समूहका डा. अमरेशकुमार सिंहविरुद्ध खरो रुपमा उत्रिएका छन् । डा. सिंहलाई संस्थापन पक्षका जिल्ला सभापति सुरेन्द्र र प्रदेश उपसभापति वीरेन्द्रले केही समय अघि सम्पन्न केन्द्रीय महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमै आउन दिएका थिएनन् ।

कांग्रेस नेता शम्भुलाल श्रेष्ठलाई साधारण सदस्यबाटै निष्काशनकाे सिफारिस