logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

उदाउँदाे सूर्यलाई अर्घ्य चढाएसँगै छठ पर्व सम्पन्न (फाेटाे फिचर)


  • उज्यालो अभियान

सर्लाहीकाे बागमती नदी किनारकाे सजियाघाटमा आईतबार साँझ छठपूजाका व्रतालुहरु । (तस्बिर : उज्यालाे अभियान)

हरिवन – साेमबार बिहान उदाउँदाे सूर्यलाई अर्घ्य चढाएसँगै छठ पर्व सम्पन्न भएकाे छ ।

आईतबार साँझ अस्ताउँदाे सूर्यलाई अर्घ्य चढाएसँगै रातभर जलाशयमै बसेर भक्तिगान एवं पूजापाठ गरेका व्रतालुले साेमबार बिहान उदाउँदाे सूर्यलाई अर्घ्य चढाएसँगै यसवर्षकाे छठ पर्व सम्पन्न भएकाे हाे । छठ पूजा गर्न जिल्लाको नहर, पोखरी, नदी लगायतका जलाशय श्रृङ्गारेर चिटिक्क पारिएको थियाे । प्रत्येक बस्तीमा पवित्र पर्व छठको रौनक रहेको स्थानीयले बताएका छन् ।

सदरमुकाम मलंगवासहित लालबन्दी, हरिवन, बागमती, ईश्वरपुर, गोडैता, हरिपूर्वा, बलरा लगायत २० वटै पालिकाका जलाशयमा छठ पूजाका लागि सजियाघाट तयार पारिएको थियाे । जिल्लाका प्रत्येक बस्ती छठको गीतले गुञ्जयमान बनेका थिए । परिवारका स-साना सदस्यदेखि सबैजना छठ पूजाको तयारीमा जुटेका थिए ।

पछिल्ला वर्षहरुमा जिल्लामा सबै समुदाय मिलेर सामूहिक रुपमा छठ पर्व मनाउने गरेका छन् । जिल्लाको दक्षिणी भेगमा मात्रै मनाइने यो पर्व केही वर्षदेखि भने उत्तरी भेगमा पनि हर्षोउल्लासपूर्वक मनाउन थालिएको हो ।