logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चौँथो राजघाट कप फुटबल : हिरापुर र सुनौलो बिहानी विजयी


  • उज्यालो अभियान

विजयी टिम

बागमती – सर्लाहीको बागमती नगरपालिका अन्तर्गत राजघाटमा जारी प्रदेश स्तिरीय चौथाे राजघाट कप फुटबल प्रतियाेगितामा हिरापुर र सुनौलो बिहानी क्लब विजयी भएका छन् ।

बिहिवार सम्पन्न दुई खेलमा हिरापुर युवा क्लव बरहथवा र सुनौलो बिहानी युवा क्लव विजयी भएका हुन् । बागमती-६, लालबहादुरटोल खेल मैदानमा सम्पन्न पहिलो खेलमा हिरापुर २-० गोल अन्तरले विजयी भएको छ । हिरापुरले बागमती-३, धरहराको अन्नपुर्ण युवा क्लवलाई २-० गोल अन्तरले पराजित गरेको हो । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका हिरापुरका खेलाडि नारायण खड्का खेलको म्यान अफ दि म्याच घोषित भए ।

यस्तै प्रतियोगिताको दोस्रो खेलमा सुनौलो विहानी युवा क्लव विजयी भएको छ । धनुषा जिल्लाकाे ढल्केवर युवा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सुनौलो विहानी युवा क्लव विजयी भएको हो । खेलको दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कन ढल्केवरका खेलाडिले गरेको प्रयास असफल भएपछि पराजित भयो । प्रतियोगितामा सुनौलो बिहानी क्लवका खेलाडि दिनेश थापा म्यान अफ दि म्याच घोषित भए ।

आयोजक क्लवका अनुसार शुक्रवार पहिलो खेलमा घुर्कौली युवा क्लव हरिवन र सेभेन स्टार युवा क्लव बरहथवा तथा दोस्रो खेलमा हरिवन युवा क्लव हरिवन र सगरमाथा यूवा क्लव चपुर बिच भिडन्त हुदैछ । खेलको माध्यमबाट राजघाटको पहिचान देश विदेश सम्म फैलाउने र स्थानीय युवाहरुलाई खेल प्रति आकर्षित गर्न बर्षेनी प्रतियोगिता आयोजना गर्दै आएको क्लवका अध्यक्ष कृष्ण वाईबाले बताए । प्रतियोगितामा सर्लाही सहित रौतहट, बारा र धनुषाका समेत गरी १६ वटा टिमले भाग लिएका छन् ।
कात्तिक १४ गते फाईनल हुने खेलका विजेताले १ लाख १ हजार १ सय ५१ रुपैया र उपबिजेता टोलीले ५१ हजार १ सय ५१ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको छ ।