logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा जारी भेट्रान्स फुटबलको उपाधि हेटाैंडालाई


  • उज्यालो अभियान

प्रथम उपाधी सहित पिप्ले भेट्रान्स हेटाैंडाका कप्तान सुनिल घिमिरे सहितका खेलाडीहरु । (तस्बिर : उज्यालाे अभियान)
दाेस्राे पुरस्कार ग्रहण गर्दै कप्तान सुमन तिलक सिन्दाली सहित हरिवन भेट्रान्सका खेलाडीहरु । (तस्बिर : उज्यालाे अभियान)

हरिवन – विजया दशमीको अवसर पारेर सर्लाहीको हरिवनमा सम्पन्न फूटबल भेट्रान्स प्रतियाेगिताको उपाधि हेटाैंडाकाे पिप्ले भेट्रान्सले चुमेको छ ।

आईतवार सम्पन्न फाईनल खेल अन्तर्गत ट्राईबेकरमा हरिवन भेट्रान्स बी लाई ३-२ गाेलले पाखा लगाउदै पिप्ले भेट्रान्सले उपाधि सहित ५० हजार नगद र एउटा बोका हात पारेको हाे । उपविजयी हरिवन भेट्रान्सले २५ हजार रूपैंया र सानाे बाेकामै चित्त बुझाउनु पर्याे ।

निर्धारित समयमा दुबै तर्फबाट १-१ गोलको बराबरी भएपछि खेलकाे नतिजा निकाल्न ट्राईबेकरबाट  मार्फत खेलको निर्णय लिईएको थियो । ट्राईबेकरमा रंजन सिन्दालीले प्रहार गरेकाे बल क्रसबार भन्दा निकै माथिबाट आकाशिय पछि हरिवन भेट्रान्स उपविजेतामै खुम्चियो ।

खेलको पहिलो हाफमा हरिवन भेट्रान्सका खेलाडि युवराज बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ईन्जुरी टाईममा पिप्लेका सुनिल घिमिरेले गोल गर्दै खेललाई बराबरीमा फर्काए । पिप्लेका खेलाडीले खेल अवधीभर निरन्तर हरिवनकाे गाेलपाेष्टमा आक्रमण गरेपनि गाेलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

प्रतियाेगिताकाे म्यान अफ दि सिरिज हुँदै हरिवनका डिफेण्डर रामचन्द्र राईले २ किलाेकाे लाेकल भाले हात पारे । पिप्लेका सुनिल घिमिरे फाईनल खेलका म्यान अफ दि म्याच घोषित भए । घिमिरे राजर्षि जनक कप फुटबल प्रतियाेगिताकाे विजेता समेत रहेकाे पिप्ले यूवा क्लवका मुख्य प्रशिक्षक समेत हुन् ।

गत शनिवारबाट सुरु भएको प्रतियोगितामा १ नम्बर, मधेश र बागमती गरेर तिन वटा प्रदेशका १० वटा भेट्रान्स टोलीकाे सहभागिता रहेकाे आयाेजक समितिका राधाकृष्ण प्याकुरेलले जानकारी दिए । विजेता र उपविजेता दुवै टोलीलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि संविधान सभा सदस्य नरेन्द्र साह, विशिष्ट अतिथि हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की लगायतले पुरस्कार राशी सहित शिल्ड, मेडल र प्रमाण–पत्र हस्तान्तरण गरे ।

हरिवन नगरपालिका–८, सनराईज बोर्डिङ स्कुलको खेल मैदानमा आयोजित प्रतियोगिताको प्रथम उपाधि स्वर्गिय सिकिल देवीको सम्झनामा उनका छाेरा अवध दासले परिवारको तर्फबाट सौजन्य स्वरुप प्राप्त भएको आयोजक समितिका सुशिल पाण्डेले जानकारी दिए । समापन समाराेह पूर्व फूटबल खेलाडी एवं शिक्षक जितेन्द्र राईकाे अध्यक्षता रहेकाे थियाे । फाईनल खेल अघि  उज्यालाे अभियान मिडिया ग्रुप र बैंकर्स क्लब बीच भएकाे मैत्रिपूर्ण फुटबल प्रतियाेगितामा बैंकर्स टिम विजयी भएकाे थियाे ।