logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आमा अप्सरा आचार्य दोस्रो मेमोरियल कप सुरु, वडा नं. २ को विजयी सुरुवात


  • उज्यालो अभियान

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–३, तीनघरियामा मंगलबारबाट आमा अप्सरा आचार्य दोस्रो मेमोरियल कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले आफ्नी स्वर्गिय आमा अप्सराको सम्झनामा यस प्रतियोगिताको आयोजना गरेका हुन् । मनकामना युवा क्लबको आयोजनामा सुरु प्रतियोगितामा आयोजकको ए र बी गरी दुई टिमसहित विभिन्न वडाका समेत गरेर १५ वटा टिमको सहभागिता छ ।

प्रतियोगिताको मंगलबार उद्घाटन खेलमा वडा नं. २ मियाँखोरले वडा नं. १० बेला खैरालाई २–० गोलले पराजित गरेको फुटबल प्रशिक्षक अर्जुन चौधरीले जानकारी दिए । त्यसअघि नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र सरस्वती मावि भक्तिपुरका शिक्षक तथा कर्मचारीबीच भएको मैत्रीपूर्ण खेल २–२ को बराबरीमा सकिएको थियो ।

असोज १७ गते फाइनल खेल हुने यस प्रतियोगिताको बिजेताले १ लाख र उपबिजेताले ५० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा मेयर आचार्य, उपमेयर रन्जितादेवी चौधरी, पूर्व मेयर मनोजकुमार देवकोटा, विभिन्न वडाका वडाध्यक्ष, स्थानीय गुरुकुलका आचार्य कमलाकान्त नन्द लगायतको आतिथ्यता रहेको थियो ।