logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनका मेयर बुढाथोकीले सासापुर हेल्थपोष्टमा गरे श्रमदान


  • उज्यालो अभियान

शनिबार बिहान हेल्थपोष्ट परिसरमा सरसफाई गर्दै मेयर कमल बुढाथोकी । (तस्बिर : उज्यालो अभियान)

हरिवन – हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी (रमेश) ले शनिबार बिहान वडा नं. ४ स्थित सासापुर हेल्थपोष्ट परिसरमा सरसफाई गरेर श्रमदान गरेका छन् ।

मेयर बुढाथोकीले हरेक शनिबार सार्वजनिक स्थानमा श्रमदान अभियान सूरु गरेका छन् । अभियान अन्तर्गत यो छैठौं पटक स्वास्थ्य केन्द्रमा सरसफाई गरेर श्रमदान गरिएको मेयर बुढाथोकीले जानकारी दिए । सरसफाई कार्यक्रममा मेयर बुढाथोकी सहित स्वास्थ्यकर्मीहरु, महिला स्वयंसेवीकाहरु, सशस्त्र प्रहरी नायब उपरीक्षक सुशिल श्रेष्ठ, विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरु, सामाजिक व्यक्तित्वहरु लगायतको उपस्थिती रहेको थियो । अत्यावश्यक काम परेर बाहिर गएको अवस्थामा बाहेक हरेक शनिबार नगरपालिका भित्रका सार्वजनिक स्थानहरुमा श्रमदान अभियान जारी राखिने मेयर बुढाथोकीको प्रतिबद्धता छ ।