logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अषाढ सकिनै लाग्दा जिल्लामा ४५ प्रतिशत मात्र धान रोपाई


  • उज्यालो अभियान

सर्लाहीको घारिवथानमा धान रौप्दै किसान । फोटो फाईल

बागमती–मुरी फलाउन मानो रोप्ने महिना अषाढ, सकिनै लाग्दा सर्लाहीमा निकै कम मात्रामा धान रोपाई भएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीका अनुसार जिल्लामा यस बर्ष अहिले सम्म धान रोपाई हुने कुल क्षेत्रफलको ४५ प्रतिशत हाराहारीमा मात्र धान रोपाई भएको हो । गत बर्षको अनुपातमा यस बर्ष अहिले सम्म ५० प्रतिशत कम क्षेत्रफलमा धान रोपाई भएको छ । गतबर्ष यसबेला सम्म ८० प्रतिशत बढि क्षेत्रफलमा किसानहरुले धान रोपी सकेका ज्ञान केन्द्रले तथ्यांकमा उल्लेख छ ।

मलखाद, सिंचाई लगाएतको समस्याका कारण धान रोपाईमा ढिलाई भएको किसानहरुको गुनासो छ । नियमित पानी नपरेको कारण धान रोपाई गर्न समस्या भएको बागमती नगरपालिका स्थित शंकरपुरका किसान बिर बहादुर कार्कीले बताए । अर्कोतर्फ धान रोप्ने बेलामा अत्याआवश्यक पर्ने मलखादको चरम अभावले किसानहरु धान रोप्ने नरोप्ने दोमनमा रहेका उन्को भनाई थियो ।

मलखादको आशमा किसान

महंगोमा बिउँ विजन, मज्दुर लगाएतर खेती गरेपनी मलखादको अभावले उतपादन बिग्रीए के गर्ने ? उनीहरुको ठुलो चिन्ता छ । धेरै किसानहरु खेतमा बिउ छिप्पी सक्दा पनि मलखादको आशमा बसेका अर्का किसान रमेश तामाङले गुनासो गरे । मलखाद कुर्दा कुर्दै धानको ब्याड बिग्रदै गएको उन्को भनाई थियो । केही किसानहरुले भने महंगोमै भएपनि गुणस्तरहिन मलखाद किनेर प्रयोग गरेको बताए ।

नेपालमा मलखाद नपाए पछि किसानहरुले छिमेकी देश भारतबाट भित्रीएको गुणस्तरहिन मलखाद कालो बजारी सगँ किनेर प्रयोग गर्ने गरेका छन् । यसरी आएको मलखाद बोराको २२ सय सम्ममा खरिद गर्नुपरेको उनीहरुले गुनासो छ । एक बोरा मलखाद भारतबाट ल्याउदा सिमा सुरक्षामा खटिएका नेपाली तथा भातिय प्रहरीको दुर्बेवहार भोग्नु पर्दा दुःख लाग्ने गरेको बिष्णु गाउँपालिका निवासी दिपेन्द्र महतोले सुनाए ।

सरकारले दिएको मलखाद हालेर बल्ल ४ कठ्ठा खेतमा रोपाई गरेको हरिवनका किसान राम नरेश दाशको भनाई छ । मलखाद नपाए पछि किसानहरु नेश्नल ट्रेडलिंक र साल्ट टे«डिङमा पुगेर बिरोध तथा धर्ना गरिरहेका छन् । गत शनिवार मात्र अखिल नेपाल किसान महासंघ सर्लाहीले हरिवनमा ५ बुदे मागँ सहित मसाल जुलुस निकालेको थियो । यस्तै राप्रपा नेपालले समेत जिल्ला प्रशासनको गेटमा धर्नाको कार्यक्रम गरेको छ ।

अषाढको तेस्रो हप्ताबाट मात्र नहरमा पानी

बागमती सिंचाईमा पानी ढिलोगरी संचालन हुदा पनि किसानहरुले समयमा धान रोपाई गर्न नपाएको बताएका छन् । विगतको बर्षमा अषाढ मसान्त सम्म नहरको पानी जिल्लाको तल्लो भेग सम्म पुग्ने गरेको भएपनि यसबर्ष भर्खर बागमती र हरिवनका किसानले रोपाई सुरु गरेका छन् । यसले गर्दा जिल्लाको दक्षिणी क्षेत्रका किसानले अझै सिंचाईको पानी पाउन नसकेको जनाएका छन् ।

आशन्न स्थानीय तह निर्वाचन २०७९ का कारण बागमती सिंचाईले मुल नहर मर्मत, सफाई, नहरको ढोका निर्माण, मर्मत लगाएतको काम ढिलागरी ठेक्का टेण्डर लागेको र काम ढिला सकिएकाले पानी संचालनमा ढिलाई भएको जनाएको छ । सिंचाईले नहरमा गत मंगलवारबाट पानी छोडेको हो । पानी संचालन भएपछि नहर आशपासका किसानले धमाधम धान रोपाई गरिरहेका छन् ।

ढिलो रोपार्ईले उत्पादनमा ह्रासआउने चिन्ता

यता कृषि ज्ञान केन्द्र सर्लाहीले यस बर्ष धान रोपाई ढिला भएको जनाएको छ । यसरी रोपाई ढिलो हुदा धान उत्पादनमा समेत गिरावट आउन सक्ने चिन्ता रहेको केन्द्रका प्रमुख कमल देव महतोले बताए । रोपाईमा भएको ढिलाईले मौसमको समेत प्रभाव पर्ने उन्को भनाई थियो ।

केन्द्रका प्रमुख महतोका अनुसार समयमै धान रोप्ने गरी पानी नपरेको र मलखादको चरम अभावका कारण यस बर्ष किसानहरुले समयमै धान रोप्न नसकेको उन्ले बताए । गत बर्षको तुलनामा यस बर्ष अषाढ अन्तिम सम्म निकै कम धानरोपाई भएको उन्ले दावी गरे । जिल्लाको उत्तरी क्षेत्रका किसानहरु अझै पनि आकाशे पानीको आशमा बसिरहेका छन् । पम्पसेट तथा बोरिङको पानी लगाएर धान रोपाई गर्ने किसानहरु समेत दर्के पानीको पर्खाइमा छन् ।

पम्पसेटको प्रयोगबाट समेत धान रोपाई गर्न नसकिने किसानहरुको भनाई छ । जिल्लामा प्रतेक बर्ष ४६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुदै आएको छ ।