logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

भक्तपुर प्रहरीकाे फन्दामा परे माेटरसाईकल चाेरी आराेपमा सर्लाहीका वर्कशप संचालक सहित ३ जना


  • उज्यालो अभियान

माेटरसाईकल चाेरी आराेपमा पक्राउ परेकाहरु ।

हरिवन – माेटरसाईकल चाेरीकाे आराेपमा सर्लाहीका ३ जना सहित ६ जनालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगााडी बढाएकाे छ ।

सर्लाहीकाे हरीवन नगरपालिका-५ घर भई हरिवन-११ बाँसाटाेलमा माेटरसाईकल वर्कशप संचालन गरिरहेका २० वर्षीय राजा हुसेन, हाल भक्तपुरकाे मध्यपुर ठिमी नगरपालिका-६ बस्दै आएका सर्लाही बागमती नगरपालिका-१ घर भएका २२ वर्षीय बिमल तामाङ, बागमती-९ घर भएका अनिल तामाङ र मकवानपुरकाे बकैया गापा-४ घर भएका २२ वर्षीय भुवन बोम्जन, सिन्धुलीकाे हरिहरपुरगढी गापा-३ निवासी २७ वर्षीय कमल लोप्चन र पहिचान खुल्न बाँकी अर्का एकजनालाई भक्तपुरकाे मध्यपुर ठिमी प्रभागकाे टाेलीले नियन्त्रणमा लिएकाे हाे ।

जेठ १४ गते राती भक्तपुरकाे मध्यपुर ठिमी नगरपालिका-७, नगदेशबाट बा. प्र-०२-३३६०७२ र बा. प्र- ०२-१६ प  ८९३४ नम्बरकाे पल्सर NS २०० सीसीका मोटरसाईकल चोरी भएको घटनाको अनुसान्धानका क्रममा चाेरी भएकाे माेटरसाईकल सहित ६ जनालाई नियन्त्रणमा लिईएकाे प्रभागका प्रहरी नायब उपरीक्षक हरिनन्दन चाैधरीले जानकारी दिए । भक्तपुर नै बस्दै आएका सर्लाहीका दुईजना बिमल र अनिललाई चाेरी भएकाे माेटरसाईकल सहित नियन्त्रणमा लिएकाे थियाे । उनिहरुकाे बयानका आधारमा मध्यपुर ठिमी प्रभागबाटै खटिएकाे टाेलीले हरिवनबाट राजालाई अर्काे चाेरीकाे माेटरसाईकल सहित केही दिनअघि नियन्त्रणमा लिएकाे थियाे । राजालाई नियन्त्रणमा लिन आएकाे टाेलीले उनकाे वर्कशपबाट बा. ४६ प ९५४८  नम्बरकाे २२० सीसीकाे पल्सर माेटरसाईकल समेत बरामद् भएकाे जनाएकाे छ ।

काठमाडाैं, भक्तपुर, ललितपुर लगायत ठूला शहरहरुबाट माेटरसाईकल चाेरी गरेर हरिवन ल्याई वर्कशपमा नम्बर, पार्टसहरु लगायत परिवर्तन गर्ने र बिक्री गर्ने गरिएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे र विस्तृतमा अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालत भक्तपुरबाट चाेरी सम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान प्रकृया अगाडि बढाईएकाे प्रहरीले जनायाे ।