logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

भाेली हरिवनमा ´उज्यालाे अभियन्ता` विशेष अभिनन्दन कार्यक्रम हुने


  • उज्यालो अभियान

हरिवन – उज्यालाे अभियान दैनिककाे तेस्राे वार्षिकाेत्सवकाे अवसरमा भाेली आईतबार गणतन्त्र दिवसका दिन उज्यालाे अभियान मिडिया ग्रुपले विशेष कार्यक्रम गर्ने भएकाे छ ।

मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रकाे प्रमुख आतिथ्यतामा हरिवन स्थित सम्राट हाेटलकाे पार्टी प्यालेसमा दिउँसाे ´उज्यालाे अभियन्ताअभिनन्दन लगायत कार्यक्रम गर्न लागिएकाे उज्यालाे मिडिया ग्रुपका अध्यक्ष टंक बहादुर क्षेत्रीले जानकारी दिए । ´सर्लाहीमा समाजसेवाकाे क्षेत्रमा अहाेरात्र लागि परिरहनु भएका दुईजनालाई उज्यालाे अभियन्ताकाे रुपमा विशेष अभिनन्दन गरिने छ, क्षेत्रीले भने, ´दिनदुःखी, विपन्न, वेसहाराकाे सेवामा अहाेरात्र खटिने व्यक्तित्वलाई हरेक वर्ष उज्यालाे अभियन्ताकाे रुपमा अभिनन्दन गर्ने छाैं ।` कार्यक्रममा प्रदेश प्रमुख मिश्र सहित, प्रदेशका महिला बालबालिका एवं युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई, आमसंचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव, पत्रकार महासंघ पर्देश अध्यक्ष राजेश कर्ण, विभिन्न राजनैतिक दलका प्रमुखहरु, नवनिर्वाचित पालिका प्रमुखहरु, सुरक्षा अधिकारीहरु, सामाजिक अगुवाहरु लगायतकाे सहभागिता रहने आयाेजकले बताएका छन् ।

उज्यालाे अभियान मिडिया ग्रुप सर्लाहीमा क्रियाशिल नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहेका टंक बहादुर क्षेत्री, नेपाल टेलिभिजनका राेशन न्याैपाने, कान्तिपुरका ओमप्रकाश ठाकुर, चियाेचर्चाेका कृष्ण थपलिया, थाहा खबरका घनश्याम बलम्पाकी, नयाँ पत्रिकाका श्रवण थापा, ईमेज टेलिभिजन एवं हिमालय टाईम्सका प्रकाश मैनाली र गाेरखापत्रका जनार्जन खत्री लगायत संचारकर्मीहरुले स्थापना गरेका हुन् । हाल उज्यालाे अभियान दैनिक र www.ujyaaloabhiyan.com न्युज पाेर्टल सञ्चालन गरिरहेकाे मिडिया ग्रुपले निकट भविष्यमै एफएम रेडियाे समेत सञ्चालनकाे तयारी गरिरहेकाे छ ।