हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका स्थित ग्रामीण नारी उत्थान संघले सोमबार वडा नं. १ का विपन्न परिवारलाई बाख्रा वितरण गरेको छ ।
संस्थाले संचालन गरिरहेको समुन्नती परियोजना अन्तर्गत जिविकोपार्जन कार्यक्रममार्फत उनीहरुलाई बोयर जातको बाख्रा वितरण गरिएको हो । वडा नं. १ खैरा टोलका मुसहर, महरा, विश्वकर्मालगायत अतिविपन्न १५ परिवारलाई जनही २–२ वटा बाख्रा र एउटा ब्याडे बोका वितरण गरिएको संस्थाले जनाएको छ ।
बाख्रा वितरण कार्यक्रममा हरिपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गोपाल पंजियार, हरिपुर नगरपालिका १ का वडाध्यक्ष नानिबाबु थापा, संस्थाका उपाध्यक्ष विष्णु चालिसे, परियोजना प्रमुख रामबाबु साहलगायतको उपस्थिति रहेको थियो । पिछडिएको विपन्न परिवारको आर्थिक अवस्था उकास्न मद्धत पुगोस् भन्ने उद्देश्यले बाख्रा वितरण गरिएको ग्रामीण नारी उत्थान संघका सचिव सूर्य चालिसेले जानकारी दिए । बाख्रा पाएपछि विपन्न परिवार खुसी भएका छन् ।