logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

ईश्वरपुरमा जिते कांग्रेसका आचार्य र चाैधरीले


  • उज्यालो अभियान

ईश्वरपुर नगरपालिकाकाे मेयर र उपमेयरमा विजयी कांग्रेसका मनाेज कुमार आचार्य र रंजिता देवी चाैधरी । (तस्बिर : उज्यालाे अभियान)

ईश्वरपुर – ईश्वरपुर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेद्वार फराकिलाे मतान्तर सहित विजयी भएका छन् ।

मेयरमा ८ हजार ४८० मत सहित कांग्रेसका मनाेज कुमार आचार्य विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी निवर्तमान मेयर नेकपा एमालेका मनाेज कुमार देवकाेटाले ५ हजार ९६० मत मात्र प्राप्त गरे ।

त्यस्तै उपमेयरमा कांग्रेसकी रंजिता देवी चाैधरी विजयी भएकी छिन् । ८ हजार २६८ मत सहित रंजिता विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी निवर्तमान उपमेयर एमालेकी एकावती देवी चाैधरीले ६ हजार ३५३ मत मात्र ल्याईन् ।
याे सहित कांग्रेसले सर्लाहीका ११ पालिका आफ्नाे पाेल्टामा पारेकाे छ । २० वटा पालिका मध्ये अब कविलासी र बरहथवा नगरपालिकाकाे मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ । कबिलासीमा पनि कांग्रेसबाट मेयर ब्रम्हदेव राय र उपमेयरमा पुनम कर्णकाे जीत सुनिश्चित भईसकेकाे छ । बरहथवामा भने एमालेकी कल्पना कटुवालले अग्रता लिईरहेकी छिन् ।