हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिकाको प्रमुख र उप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।
नगरप्रमुखमा विनोद कुमार साह तेली ५ हजार ९९ मत सहित विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका योगनारायण रायले ३ हजार ४९५ मत मात्रै प्राप्त गरे ।
त्यस्तै, उपाध्यक्षमा ४ हजार ३९१ मत ल्याएर सुमित्रा देवी ग्वारनी निर्वाचित भएकी छिन् । निकटतम् प्रतिद्वन्द्वी जसपाकी सुनिता देवी यादवले ३ हजार ४०० मत मात्र प्राप्त गरिन् ।
२०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुख मात्र जीतेकाे कांग्रेसले याे पटक ३ वटा वडामा वडाध्यक्ष समेत जीतेकाे छ ।