logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

विष्णुकाे अध्यक्ष र उपाध्यक्षमा कांग्रेसी जवाहर र उषा देवीले दाेहाेर्याए


  • उज्यालो अभियान

विष्णु – सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुन: नेपाली कांग्रेसका अध्यक्षमा जवाहरलाल यादव र उपाध्यक्षमा उषा देवी विजयी भएका छन् ।

अध्यक्षमा ३ हजार २११ मत ल्याएर जवाहरलाल यादव विजयी हुँदा निकतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विजय कुमार यादव ३ हजार ८० मत मात्रै प्राप्त गर्दै १३१ मतले पराजित भए । त्यस्तै उपाध्यक्षमा २ हजार ९४९ मत सहित उषा देवी विजयी भएकी छिन् । निकटतम् प्रतिद्वन्द्वी जसपाकी सुनिता देवी जयसवालले २ हजार ४७० मत मात्रै प्राप्त गरिन् ।

यादव र उषा गत चुनावमा फाेरम लाेकतान्त्रिकबाट विजयी भएका थिए । पछि उक्त पार्टी कांग्रेसमा विलय भएसँगै उनीहरु कांग्रेसमा आएका थिए । १ देखि ४ नम्बर वडासम्म गणना हुँदा प्रतिष्पर्धामै नरहेका जवाहर र उषा देवी ५ नम्बर वडाकाे गणना सूरु भएपछि क्रमश आफ्नाे मत बढाउँदै लगेर जीत हाँसिल गरेका छन् ।