हरिपूर्वा – सर्लाहीकाे दक्षिण-पूर्वी क्षेत्र स्थित हरिपूर्वा नगरपालिकाकाे मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेद्वारकाे जीत सुनिश्चित भएकाे छ ।
हरिपूर्वा नगरपालिकामा वडा नम्बर ९ काे ६४४ मत मात्रै गणना गर्न बाँकी छँदा कांग्रेसका मेयर उम्मेद्वार विनाेद कुमार साह तेलीले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका याेगनारायण राय भन्दा एकहजार ५७७ मत बढी ल्याईसकेका छन् । त्यस्तै उपमेयरतर्फ कांग्रेसकी सुमित्रा देवी ग्वारनीले निकटतम् प्रतिद्वन्द्वी जसपाकी सुनिता देवी यादव भन्दा ९३४ मतले अग्रता हाँसिल गरिसकेकी छिन् ।
हालसम्काे गणनाबाट मतान्तरले कांग्रेसका मेयर उम्मेद्वार साह र उपमेयर उम्मेद्वार ग्वारनी विजयी भईसके पनि आधिकारिक घाेषणा भने मतगणना सम्पन्न भएपछि मात्र हुनेछ । उक्त नगरपालिकामा यसअघि पनि कांग्रेसकै सियाराम रायले मेयरमा जितेका थिए । (पत्रकार मुकेश झाकाे सहयाेगमा)