logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

ईश्वरपुरको मेयरमा कांग्रेसका आचार्यको निरन्तर अग्रता


  • उज्यालो अभियान

ईश्वरपुर – ईश्वरपुर नगरपालिकाको जारी मतगणना अन्तर्गत सूरुदेखि नेपाली कांग्रेसका मेयर उम्मेद्वार मनोज कुमार आचार्यले अग्रता लिईरहेका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रत्यासी मनोज कुमार देवकोटासँग मतान्तर बढाउँदै आचार्यले अग्रतालाई जारी राखेका छन् ।

हालसम्म गणना भएको १, २, ३, ४, ११, १३, १४ र १५ नम्बर वडाको मत परिणाम अनुसार कांग्रेसका आचार्यले चारहजार ७५३ हाँसिल गरेका छन् । निवर्तमान मेयर एमालेका प्रत्यासी देवकोटाको भने तीनहजार ११२ मत मात्र रहेको छ । नेकपा माओवादी केन्द्रका जय प्रकाश चौधरी भने निकै पछाडी परेका छन् ।