logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनको मेयरमा माओवादीले अग्रता लियो, उपमेयरमा एमालेको अग्रता कायमै


  • उज्यालो अभियान

हरिवन – स्थानीय तह निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार हरिवन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकीले अग्रता लिएका छन् ।

१ देखि ७ नम्बर वडाको मतगणना सम्पन्न हुञ्जेल नेकपा एमालेका गणेश प्रसाईंले अग्रता लिएपनि वडा नम्बर ८ को ८०० र वडा नम्बर ९ को ४०० मतगणना पश्चात भने माओवादीका बुढाथोकीले अग्रता लिएका हुन् । जारी मतगणना अनुसार हालसम्म मेयरतर्फ माओवादीका बुढाथोकीले तीनहजार ६३५, एमालेका प्रसाईंले तीनहजार ४२८, नेकपा एकीकृत समाजवादीका सुरेन्द्र लामाले दुईहजार ९१९ र नेपाली कांग्रेसका राम प्रसाद मैनालीले एकहजार ९८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखतर्फ भने एमालेकी हरिमाया घलानको तीनहजार ५१८, कांग्रेसकी सोनी कुमार बम्जनको तीनहजार १८७, माओवादीकी दुईहजार ८९९ र एकीकृत समाजवादीकी सीता थापाको दुईहजार ५१ मत रहेको छ । निर्वाचन आयोगको वेभसाईटमा उल्लेख भएअनुसार वडातर्फ भने हालसम्म कांग्रेसले १, २ र ४ को वडाध्यक्ष जीतेको छ भने एमालेले ३ र ७ को वडाध्यक्ष जीतेको छ । त्यस्तै समाजवादीबाट ५ र ६ नम्बर वडामा वडाध्यक्ष विजयी भएका छन् ।