logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनमा कांग्रेसीले गरे पूर्व-पश्चिम राजमार्गमा चक्काजाम


  • उज्यालो अभियान

हरिवन-७ काे पुनः मतगणना गर्नुपर्ने माग सहित साेमबार दिउँसाे पूर्व-पश्चिम राजमार्गमा चक्काजाम गर्दै कांग्रेसी नेता कार्यकर्ताहरु । (तस्बिर : उज्यालाे अभियान)

हरिवन – हरिवन नगरपालिका वडा नम्बर ७ काे पुन: मतगणना माग राख्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले हरिवन स्थित पूर्व-पश्चिम राजमार्गमा चक्काजाम सूरु गरेका छन् ।


हरिवन नगरपालिका वडा नम्बर ७ काे वडाध्यक्षमा कांग्रेसका प्रत्यासी अशाेक थापा नेकपा एमालेका प्रत्यासी निरध्वज कार्कीसँग १ भाेटले पराजित देखिएपछि कांग्रेसीले पुन: मतगणनाकाे माग राखेका थिए । तर निर्वाचन अधिकृत रुद्र प्रसाद आचार्यले पुन: मतगणना गर्नुनपर्ने भन्ने सूचना प्रकाशित गरेपछि कांग्रेसी कार्यकर्ताले मतगणनास्थल ईलाका प्रशासन कार्यालयमा ढुंगमुढा गरेका छन् । ढंगामुढाबाट ईलाका  ईलाका प्रशासन कार्यालयका झ्यालका सिसा फुटेकाे छ । सुरक्षाकर्मीले ढुंगामुढा गर्ने कांग्रेसीलाई धपाउन २ सेल अश्रुग्याँस समेत प्रहार गरेकाे छ ।


लगतै कांग्रेसी कार्यकर्ताहरुले पूर्व-पश्चिम राजमार्गमा नाराबाजी सहित टायर बालेर चक्काजाम गरेका छन् । कांग्रेस जिल्ला सचिब निरज कार्की नेतृत्वमा कांग्रेसी कार्यकर्ताले राजमार्ग अवराेध गरिरहेका छन् । निर्वाचन अधिकृत आचार्यले सर्वदलीय बैठक डाकिएकाे जानकारी दिए । साेमबार बिहान ११ बजेदेखि हरिवनमा मतगणना राेकिएकाे छ । त्यहाँ ६, ७ र ८ नम्बर वडाकाे मतगणना जारी थियाे ।