ईलाका प्रशासन कार्यालय हरिवन स्थित मतगणना स्थल बाहिर जम्मा भएकाे भिड । (फाईल तस्बिर : उज्यालाे अभियान)
हरिवन – हरिवन नगरपालिका वडा नम्बर ७ काे वडाध्यक्षमा १ भाेटले हारजित देखिएपछि ईलाका प्रशासन कार्यालय हरिवन स्थित मतगणना स्थल तनावग्रस्त बनेकाे छ ।
निर्वाचन अधिकृतकाे कार्यालय हरिवनले मतगणना जाेडेर निकालेकाे अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका वडाध्यक्ष उम्मेद्वार निरध्वज कार्कीले ३७९ र नेपाली कांग्रेसका उम्मेद्वार अशाेक थापाले ३७८ मत प्राप्त गरेकाे देखिएकाे बताईएकाे छ । उक्त परिणाम बाहिरिने बितिकै कांग्रेसी कार्यकर्ताले पुन: मतगणना हुनुपर्ने माग सहित नाराबाजी गरिरहेका छन् । एमाले कार्कर्ताले भने साेही मतपरिणाम गणना हुनुपर्ने माग राखेका छन् । दुवै पक्षका कार्यकर्ताबीच झडप नै हुने अवस्था देखिएकाे एक सुरक्षा अधिकृतले जानकारी दिए ।