logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

धनकाैलकाे अध्यक्ष र उपाध्यक्षमा जीत निकाल्दै सर्लाहीमा कांग्रेसले खाता खाेल्याे


  • उज्यालो अभियान

धनकाैल – नेपालमै सबैभन्दा बढी २० वटा स्थानीय तह भएकाे सर्लाहीमा धनकाैल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा जीत निकाल्दै पालिका तर्फ विजेताकाे पहिलाे खाता कांग्रेसले खाेलेकाे छ ।

धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फकिरा महतोलाई एक हजार ९९ मतले पछि पार्दै साह गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । साह गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुन् । अध्यक्षमा विजयी साहले चार हजार ४७७ मत ल्याउँदा माओवादी केन्द्रका महतोले तीन हजार ३७८ मत मात्रै प्राप्त गरे ।

त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अकली सहनी चार हजार ५०४ मतका साथ विजयी भएकी छिन् । उनी पनि गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन् । निकतम प्रतिद्वन्दी माओवादी केन्द्रकी निलम देवी सहनीले तीन हजार २२५ मत मात्रै प्राप्त गरिन् ।

सातवटा वडा रहेको धनकौल स्थित वडा नम्बर १, २, ४ र ७ मा कांग्रेसका, ५ र ६ मा माओवादी केन्द्र तथा ३ नम्बर वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन् । २०७४ सालकाे चुनावमा ३ वटामात्र वडा जितेकाे कांग्रेसले याे पटक एउटा वड थप्दै ४ वटा पुर्याएकाे छ । गत चुनावमा जितेकाे ६ नम्बर वडा गुमाउदै यसपटक २ र ४ नम्बर वडा कांग्रेसले हात लगाएकाे छ । गत चुनावमा ४ वटा वडा जितेकाे माओवादी याे पटक २ वटा वडामै खुम्चिएकाे छ भने एमालेले पहिलाे पटक वडाध्यक्ष हात पारेकाे छ ।