हरिवन – हरिवन नगरपालिका-५ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका नागेन्द्र साह विजयी भएका छन् ।
उक्त वडामा साह नेतृत्वकाे प्यानल नै विजयी भएकाे छ । ७३१ मत ल्याएर साह विजयी हुँदा निकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बेना बहादुर स्याङ्तानले ४०९ मत प्राप्त गरे ।
त्यस्तै १, २, ३, ४ र ५ नम्बर वडाकाे मतगणनाकाे अन्तिम परिणाम अनुसार नेकपा एमालेका मेयर र उपमेयर उम्मेद्वारले निरन्तर अग्रता लिईरहेका छन् । तर एमालेका मेयर गणेश प्रसाद प्रसाईकाे अग्रताकाे मतान्तर भने घट्दै गईरहेकाे छ ।
याे वडा गणना हुँदासम्म मेयरतर्फ एमालेका प्रसाईंले दुई हजार ६३३, नेकपा एकीकृत समाजवादीका सुरेन्द्र लामाले दुईहजार १२३ र नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) ले दुईहजार ३५ र कांग्रेसका राम प्रसाद मैनालीले एकहजार २६९ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा भने एमालेकी हरिमाया घलानले दुईहजार ७२८, कांग्रेसकी सोनी कुमारी बम्जनले दईहजार १५०, माओवादीकी पद्मा मोक्तानले एकहजार ८२७ र ए समाजवादीकी सीता थापाले एकहजार २५७ मत प्राप्त गरेकी छिन् ।
उक्त नगरपालिकाकाे १, २ र ४ नम्बर वडामा यसअघि नै क्रमशः कांग्रेसका टम बहादुर घिसिङ, अर्जुन कुमार योञ्जन र केशब राज थापा तथा ३ मा एमलेका दिपमान लाेप्चन विजयी भईसकेका छन् ।