logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिपूर्वा नगरपालिकामा कांग्रेसको अग्रता, जसपा पछ्याउँदै


  • उज्यालो अभियान

हरिपूर्वा – हरिपूर्वा नगरपालिकाको मेयर/उपमेयरमा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् । जनता समाजवादी पार्टीका उम्मेद्वारले उनीहरुलाई पछ्याईरहेका छन् ।

हरिपूर्वा नगरपालिका वडा नं. १, २ र ३ को अन्तिम चारहजार ५५६ मतगणनामा कांग्रेसका विनोद कुमार साह तेलीले एकहजार ८०५, जसपाका योगनारायण रायले एकहजार २४७ र लोसपाका वीरेन्द्र यादवले ४४२ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरतर्फ भने कांग्रेसकी सुमित्रा देवी ग्वारनीले एकहजार ४३९, जसपाकी एकहजार २३० र लोसपाकी बबली कुमारीले ६२९ मत प्राप्त गरेकी छिन् ।

हरिपूर्वा नगरपालिका वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका श्यामबाबु राय प्यानल सहित, २ को वडाध्यक्षमा लोसपाका दिनेश राय प्यानल सहित र ३ को वडाध्यक्षमा जसपाका प्रमोद राय प्यानल सहित विजयी भए । अहिले वडा नं. ४ को मतगणना भईरहेको छ ।