लालबन्दी – लालबन्दी नगरपालिका वडा नम्बर ३ काे वडाध्यक्षमा नेपाली कांग्रेसका बुद्ददेव चाैधरी विजयी भएका छन् ।
बुद्ददेवले ४९७ मत ल्याए भने निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका याेगेन्द्र चाैधरीले ४७१ मत पाए । माओवादीका मुक्तिनारायण चाैधरीले भने २५२ मत मात्र प्राप्त गरे । त्यहाँ महिला सहित २ सदस्यमा एमाले र २ जना सदस्यमा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।
३ नम्बरमा मेयरतर्फ भने सबैभन्दा बढी कांग्रेसका बासुदेव अधिकारीले ४९६ मत प्राप्त गरेका छन् भने एमालेका गाेविन्द महतले ४८४ मत ल्याएका छन् । गठबन्धन अन्तर्गत माओवादीका प्रल्लाद बुढाथाेकीले २४३ मत मात्र पाए ।
त्यस्तै उपमेयरतर्फ एमालेकी सन्सरी माया थिङले ४९४, कांग्रेसकी कल्पना पाख्रिनले ४८४ र गठबन्धन अन्तर्गत एकीकृत समाजवादीका गाेविन्द अधिकारीले ४८ मत मात्र पाएका छन् । लालबन्दीमा वडा नम्बर १ र २ काे पनि मतगणना जारी छ ।