logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिपूर्वा-१ काे वडाध्यक्षमा पनि कांग्रेसका श्यामबावु विजयी


  • उज्यालो अभियान

हरिपूर्वा – हरिपूर्वा नगरपालिका वडा नम्बर १ काे वडाध्यक्षमा नेपाली कांग्रेसका श्यामबाबु रायकाे प्यानल नै विजयी भएकाे छ ।

५१ वर्षीय श्यामबाबुले ३७५ मत सहित विजय प्राप्त गरेका हुन् । निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका २४ वर्षीय राकेश कुमार यादवले ३५१ मत प्राप्त गरेका छन् । त्यहाँ स्वतन्त्र १ सहित ७ जना वडाध्यक्षका उम्मेद्वार थिए ।

हरिपूर्वा-१ मा मेयरतर्फ भने कांग्रेसका विनाेद कुमार साह तेलीले ४७९, नेकपा एमालेका जयप्रकाश यादवले ३३४, जनता समाजवादी पार्टीका याेगनारायण रायले २४५ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा कांग्रेसकी सुमित्रा देेवी ग्वारनीले ४१३, एमालेकी अंगुरी खातुनले ३३८, जनमतकी निलम कुमारी साहले २९६ र जसपाकी सुनिता देवी यादवले २७८ मत पाएकी छिन् ।