ईलाका प्रशासन कार्यालय हरिवनमा मतगणना गर्दै कर्मचारीहरु ।
मलंगवा – देशमै सबैभन्दा बढी २० वटा स्थानीय तह भएको सर्लाहीमा स्थानीय तह निर्वाचन अन्तर्गत ११ वटा पालिकामा मतगणना सूरु भएको छ ।
मलंगवा, हरिवन, लालबन्दी, हरिपुर, हरिपूर्वा र बलरा नगरपालिका तथा पर्सा, ब्रम्हपुरी, चन्द्रनगर, रामनगर र धनकौल गाउँपालिकामा मतगणना सूरु भएको हो । बाँकी ८ वटा पालिकामा भने मतगणनाका लागि सर्बदलीय छलफल भईरहेको छ । बरहथवा नगरपालिकाको हकमा भने अन्यौल छ । वडा नम्बर १७ मा शुक्रबार भएको मतदानलाई मात्र गणना गर्ने कि पुनः मतदान गराउने भन्नेमा अन्यौलता देखिएको हो । त्यहाँको बारेमा निर्वाचन आयोगले केहीबेर पछि निर्णय गर्ने जिल्ला निर्वाचन कार्यालय मलंगवाका निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए । हरिवनमा राती ३ बजेदेखि नै गणना सूरु भएको हो भने अन्य पालिकामा शनिबार बिहानदेखि गणना सूरु भएको बताईएको छ ।