७ घण्टादेखि अवरुद्ध धनकौलको पशु सेवा केन्द्रमा पहिलो घेरामै खटिएर मतदान सुचारु गराउन आएका नेपाली सेनाका सुरक्षाकर्मी र मतदान गर्न जम्मा भएका मतदाताहरु ।
बलरा – बलरा नगरपालिका-३ गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशाेर साहलाई जिम्मेवारीबाट बर्खास्त गरिएकाे छ ।
मतदान अधिकृत साहकाले स्वयंले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । मतदान अधिकृत साहलाई नियन्त्रणमा लिईएपछि त्यहाँ मतदान कार्य स्थगित भएकाे थियाे ।
बलराका निर्वाचन अधिकृत रंजित यादवले निकासका लागि सर्वदलीय बैठक राखेका थिए । बैठकपछि सहायक मतदान अधिकृत राम प्रवेस साहलाई कामु मतदान अधिकृतकाे जिम्मेवारी दिएर मतदान कार्य सुचारु गराईएकाे निर्वाचन अधिकृत यादवले जानकारी दिए ।