logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बलरामा मतदातालाई मतदान गर्न सिकाएकाे भन्दै मतदान अधिकृत नियन्त्रणमा


  • उज्यालो अभियान

बलरा – बलरा नगरपालिका-३ गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशाेर साहलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

मतदान अधिकृत साहले स्वयंले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिईएकाे प्रहरी उपरीक्षक प्रविण पाेखरेलले जानकारी दिए । हाल त्यहाँ मतदान अवरुद्द भएकाे छ । मतदान सुचारु गराउने प्रयास भईरहेकाे प्रउ पाेखरेलले जानकारी दिए । हाल मतदान स्थगित गरेर छलफल भईरहेकाे बलरा नगरपालिकाका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए ।