logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

डाबरीमा आगलागीबाट १० लाख बराबरको क्षति


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

हरिवन – हरिवन नगरपालिकाको डाबरी स्थित ब्रम्हटोलको एक घरमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

हरिवन नगरपालिका–३, डाबरी गाउँको ब्रम्हटोल निवासी नारायण ओलीको घरमा विहिबार बिहान ८ बजे आगलागी भएको हो । दुई तले पक्की घरको माथिल्लो तलामा विद्युत शर्टका कारण आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट घरको माथिल्लो तला पूर्ण रुपले जलेर नष्ट भएको छ ।

हरिवन नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सकृयतामा आगो नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । आगलागीबाट घरको माथिल्लो तलामा रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको प्रहरीले जनायो ।