मंगलबार दिउँसाे लालबन्दी खेलमैदानमा हेलिकप्टरबाट ओर्लिएका प्रचण्ड ।
लालबन्दी – नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड लालबन्दीमा ओर्लीए पनि कार्यक्रमकाे तयारी पूरा नभएकाे देखेपछि सर्लाहीकाे दक्षीणी क्षेत्र स्थित हरकठवातर्फ उडेका छन् ।
पूर्व निर्धारित कार्यक्रम नभएपनि लालबन्दीमा उत्रिँदा नेता कार्यकर्ताकाे उपस्थिति नदेखे पछि लालबन्दीकाे पूरानाे युनाईटेड हाेटलमा खाना खाएर प्रचण्ड एकाएक धनकाैल गाउँपालिका अन्तर्गत हरकठवातर्फ उडेका हुन् । धनकाैल गाउँपालिकामा माओवादीकाे तर्फबाट फकिरा महताे अध्यक्षका प्रत्यासी छन् । लालबन्दीकाे कार्यक्रमकाे तयारी पूरा हुञ्जेलकाे बाँकी समय सदुपयाेग गर्न अध्यक्ष प्रचण्ड धनकाैलका प्रत्यासी महताेकाे घरमा नेता कार्यकर्तासँग भेटघाट गर्न गएकाे माओवादीका एक नेताले जानकारी दिए ।
लालबन्दी स्थित फुटबल मैदानमा मंगलबार दिउँसाे १२ बजेर ३५ मिनेटमा ओर्लिएका प्रचण्ड युनाईटेडमा खाना खाएपछि १ बजेर ३५ मिनेटमा हरकठवातर्फ उडेका छन् । अब लालबन्दीमा ३ बजेतिर उनले सम्बाेधन गर्ने बताईएकाे छ । अहिले लालबन्दी बजारमा धमाधम माओवादी नेता कार्यकर्ता जम्मा भईरहेका छन् ।
प्रचण्ड जिल्लाको दक्षिण पश्चिम भेगस्थित चक्रघट्टा बजारमा आयोजित चुनावी सभालाई सम्वोधन गरी सिम्रिक एयरको हेलिकप्टरमार्फत लालबन्दी आएका थिए । लालबन्दीकाे सम्बाेधन पछि अध्यक्ष प्रचण्ड बर्दिबास र धनुषामा आयाेजित कार्यक्रममा सहभागी भएर पुनः बारातर्फ फर्कने र त्यहाँपछि काठमाडाैं जाने बताईएकाे छ ।