logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हावाहुरीले घरका छाना उडायाे, विद्युत अवरुद्द


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा शुक्रबार राती हावाहुरीसहित सामान्य वर्षा भएको छ । अहिले बिहान पनि कालाेमैलाे माैसम सहित हल्का वर्षा भईरहेकाे छ ।

मौसम बद्ली भई जिल्लाका अधिकांश क्षेत्रमा शुक्रबार राती हावाहुरी र वर्षा भएको हो । हावाहुरीले केही स्थानहरुमा घरको टाली तथा जस्ता पाता उडाएको छ भने आँप र लिचीको फूल र चिचिलामा क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् । हावाहुरीले विशेष गरी गरिब तथा सुकुम्वासी बस्तीका कच्ची घरहरुमा बस्नेहरुलाई अत्याएको छ ।

जिल्लाका विभिन्न स्थानमा घरका छाना उडाएकाे प्रारम्भिक जानकारी आएपनि विस्तृत जानकारी नआईसकेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीले जानकारी दिए । हावाहुरीले कतिपय ठाउँमा रुखहरु समेत लडाएकाे छ ।

रातीको हावाहुरीपछि जिल्लाभर विद्युत अवरुद्ध भएको छ भने कतिपय ठाउँमा भने शनिबार बिहानबाट विद्युत् सूचारु भइसकेको छ । विद्युत् अवरुद्ध भएका ठाउँहरुमा सूचारु गर्न प्राविधिकहरु खटिएका नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हावाहुरी सहितकाे वर्षापछि गर्मी भने निकै घटेकाे छ ।