logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कौडेनाको सक्रौलमा निःशुल्क दन्त शिविर सम्पन्न


  • उज्यालो अभियान

शिविरमा दाँतको उपचार गराउँदै स्थानीय सर्बसाधारण । (तस्बिर सौजन्य : धिरोज यादव)

सक्रौल – सर्लाहीको दक्षिणी क्षेत्र कौडेना गाउँपालिका वडा नम्बर ६ सक्रौलमा बुधबार निःशुल्क दन्त उपचार शिविर सम्पन्न गरिएको छ ।

मिथिला डेन्टल क्लिनिक मलंगवा र तारापुञ्ज क्लबको सहकार्यमा दन्त शिविर सञ्चालन गरिएको तारापुञ्जका सचिब धिरोज रायले जानकारी दिए । शिविरमा ७४ जनाको दन्त परीक्षण गरिएको र जस मध्ये २४ जनाको दाँत फुकालिएको तथा ५० जनाको दाँतको परीक्षण गरी दाँत दुखाई लगायतको औषधि समेत वितरण गरिएको थियो । शिविरमा तारापुञ्ज युवा क्लबका युवाहरुले समेत दाँत मुख सम्बन्धी परीक्षण गराएका छन् । शिविरमा दन्त चिकित्सक डा.अमृत यादब र उनी नेतृत्वको स्वास्थ्यकर्मीहरुको टीमद्वारा परीक्षण एवं उपचार गरिएको थियो ।