सहायक सीडीओ हरि प्रसाद अधिकारी ।
मलंगवा – जिल्ला प्रशासन कार्यालय मलंगवामा नयाँ सहायक प्रमुख जिल्ला अधिकारी हाँजिर भएका छन् ।
उपसचिव हरिप्रसाद अधिकारीले सहायक सीडीओकाे कार्यभार सम्हालेका हुन् । सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय बारम्बार सहायक सीडीओविहीन हुने गरेको छ ।
एक सुरक्षा अधिकारीका अनुसार सर्लाहीसहित तराईका जिल्लाहरुमा प्रायः सहायक सीडीओको रुपमा कोही पनि उपसचिवहरु आउन मान्दैनन् । सर्लाहीमा ३/४ जना उपसचिवहरु पठाउँदा पनि नमानेपछि पछिल्लो पटक सरुवा गरिएका उपसचिव अधिकारी भने केही दिनअघि हाँजिर भएका हुन् ।
यस्तै, जिल्ला प्रशासन कार्यालय मलंगवामा कार्यरत प्रशासकीय अधिकृत रामनरेश रामलाई इलाका प्रशासन कार्यालय बरहथवामा पठाइएको छ । बरहथवामा यसअघि सुब्बा स्तरका कर्मचारीले कामु कार्यालय प्रमुख भएर इलाका प्रशासन कार्यालय चलाउँदै आएका थिए । हरिवनस्थित इलाका प्रशासन कार्यालयमा पनि अहिले अधिकृत स्तरकै कार्यालय प्रमुख छन् ।
फाेटाे क्याप्सन : सर्लाहीका सहायक सीडीओ हरिप्रसाद अधिकारी ।